२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सरकारलाई संसद्‌मा सांसद बजगाईंका तीन प्रश्न

सरकारलाई संसद्‌मा सांसद बजगाईंका तीन प्रश्न

काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गोरखा-१ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईंले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बजगाईंले गोरखामा शुक्रबार बिहान ३ बजे जन्ति बोकेको जिप दुर्घटना, रसियन सेनामा नेपाली युवा भर्ति भइरहेको र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत चीन सरकारको ऋण लगानीमा बनेको भन्ने विषयमा सरकारलाई गम्भीर प्रश्न सोधेका हुन्।

‘दुर्घटनाको विषय उठाउनु विषय दर्ज गर्नु र सुनाउनु मात्र होईन। द्रुत सेवा उठाउनु हो। गोरखा जिल्लाको शहिद लखन गाऊँपालिका वडा ५ मनकामनाको काख अमलडाँडाको बोलेरो दुर्घटनामा ५ जनाले ज्यान गुमाउनु भएको खबर सुन्दा निकै दुःख लागेको छ,’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘बोलेरो यात्रुमैत्री साधन हैन यो ढुवानीको साधन हो। मान्छे क्षमताभन्दा बढी बोक्न नदिन यसको आचार संहिता जारी गर्न माग गर्दछु।’ उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

त्यस्तै नेपाली युवाहरू रसियन सेनाहरूमा भर्ति भएको भन्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली नौजवानहरू रसियन र यूक्रेनियन सेनामा भर्ती भैरहेका छन् त्यसैगरी कतार प्रहरीमा पनि भर्ना भैरहेका छन्,’ उनले भने, ‘के यसलाई गोर्खा भर्ती सन्धीसँग जोडेर हेर्न सकिन्छ?’

हालै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानको रुपमा चिनियाँ जहाज अवतरणपछि आयोजित समारोहलाई सम्बोधन गर्दा चिनियाँ राजदूतले उक्त विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएबारे पनि प्रश्न सोधेका छन्।

‘चिनियाँ महामहिमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रीय विमानस्थल बीआरआईअन्तर्गतकै हो भनिएको प्रति सरकारको के धारणा छ?’ उनले प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij