२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सवारी दुर्घटनाको त्रुटि पत्तालगाउन मन्त्रालयले बनायो पाँच सदस्यीय कार्यदल

सवारी दुर्घटनाको त्रुटि पत्तालगाउन मन्त्रालयले बनायो पाँच सदस्यीय कार्यदल

काठमाडौं । सवारी दुर्घटना बढेपछि दुर्घटनाको कारण पत्तालगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन्।

सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो ।संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सीई श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको हो ।

कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको बिश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न  जिम्मेवारी दिइएको छ । शुक्रबार र शनिबारको २४ घण्टाको अवधिमा सवारी दुर्घटनमा परी १९ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृ बस शुक्रबार राति दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए भने, शनिबार चन्द्रागिरीमा भएको दुर्घटनामा ५ जना र बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । त्यसपछि मन्त्रालयले सडक दुर्घटना न्यूनीकरणका अल्पकालिन, मध्यकालिन र दिर्घकालीन उपायहरु सुझाउन  कार्यदललाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij