२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गोरखाको मनकामनामा जिप दुर्घटना, पाँचको मृत्यु, १२ जना घाइते

गोरखाको मनकामनामा जिप दुर्घटना, पाँचको मृत्यु, १२ जना घाइते

गोरखा-गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यू भएको छ, १२ जना घाइते भएका छन् ।
दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए  आफू भर्खर घटनास्थल पुगेको र मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij