२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएका हुन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा विवादास्पद निर्णय भएको भन्दै सर्वत्र आलोचना भएपछि खनालले राजीनामा दिएका हुन् ।

खनाल २०७६ साउनमा प्राधिकरणको अध्यक्ष भएका थिए । आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि राजीनामा दिएका हुन् ।

संसदको सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको ठहरसहित मुद्दा अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । समितिले अख्तियारलाई अनुसन्धानको जिम्मा दिँदै यसको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी दिन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij