विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राष्ट्रियसभाको अध्यक्षका रुपमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रस्ताव गरेका छन् । राष्ट्रियसभा सदस्यका लागि सिटौलाको उम्मेदवारी दर्ता लगत्तै पार्टीका अगुवा नेता कार्यकर्ता एवं पत्रकारका माझ नेता कोइरालाले शान्तिप्रक्रिया र संविधान निर्माणमा सिटौलाले पुर्याएको योगदानलाई कदर गर्दै राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने बताए ।
छेवैमा रहेका सिटौलातर्फ हेर्दै नेता कोइरालाले राष्ट्रियसभाले सिटौलाजत्तिको परिपक्व र जिम्मेवार नेतालाई अध्यक्षको रुपमा पाउँदा सदनकै गरिमा बढ्ने बताए । प्रतिनिधिसभामा असफल भएपनि राष्ट्रिय राजनीतिमा आवश्यक रहेकाले राष्ट्रियसभाको नेतृत्वमा सिटौलालाई कांग्रेस अघि सारेको कोइरालाको भनाई छ ।
सो क्रममा सिटौलाले पार्टी नेतृत्व र सिनियरहरुले राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न आग्रह गरेकाले आफू अगाडि बढेको बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij