२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

बरहथवामा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

बरहथवामा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

सर्लाही । सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । आइतबार साँझ भएको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिनलगायतका ११ बुँदे सहमति भएको हो ।

सहमति अनुसार अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैयाको बनाउने, अस्पतालको नाम मृतकको नाममा नामाकरण गरिने भएको छ । सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij