२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

चन्द्रागिरिका असिष्टेन्ट सव–इन्जिनियर पन्तविरूद्ध भ्रष्टाचार मुद्दा दायर

चन्द्रागिरिका असिष्टेन्ट सव–इन्जिनियर पन्तविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर विजयालक्ष्मी पन्तविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगले २५ हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन महिना कैद र जरिवाना मागदाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij