२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

एकीकृत समाजवादीद्वारा राष्ट्रियसभा निर्वाचनमा पाँच सिटमा दाबी

एकीकृत समाजवादीद्वारा राष्ट्रियसभा निर्वाचनमा पाँच सिटमा दाबी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिएको हो ।

बैठकले प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। ।

उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसँग नेकपा एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षीकै रूपमा बस्नुपने बताए । राष्ट्रियसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ५ सिटमा अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij