काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगिताका लागि देव खनालको कप्तानीमा नेपाली टोली घोषणा गरिएको हो प्रतियोगितामा नेपालसहित १६ टिमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह ’डी’ मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ । नेपाली टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij