२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

पोखरामा युवाहरुलाई ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने तीनजना पक्राउ

पोखरामा युवाहरुलाई ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने तीनजना पक्राउ

पोखरा । पोखरामा नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने तीनजना पक्राउ परेका छन् । केटीको नामको आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्रयापमा पार्ने तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् ।

उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुले सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए ।

सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको कास्की प्रहरीले जनाएको छ । तीनैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij