२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई थुनामा पठाउने आदेश

सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई थुनामा पठाउने आदेश

गण्डकी । अदालतले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पर्वतको कुश्माका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत कास्कीका न्यायधीश ऋषिराज आचार्यको इजलासले पराजुलीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।

सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि लागेको छ । उनलाई प्रहरीले पुस ११ गते कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij