२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

रुपान्तरण अभियानले पार्टीका सबै तह चलायमान भएका माओवादीको निष्कर्ष

रुपान्तरण अभियानले पार्टीका सबै तह चलायमान भएका माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सफल भएको दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियान निर्धारित लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरेका हुन् ।

उनले टोल कमिटीदेखि संगठन सक्रिय र चलायनमान भएको भन्दै अभियान सफलभएको बताए । उनले भने, ‘हाम्रो अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ भन्ने लागेको छ । टोल कमिटीदेखि संगठन सक्रिय भएका छन् । सबै तह चलायमान भएका छन् । सारमा भन्दा कार्यकर्ताहरुमा जागृति आएको छ ।’

उनले अभियानपछि चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशा देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij