२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

डोटीकी लक्ष्मीको भारतमा बलात्कारपछि घाँटी रेटेर हत्या

डोटीकी लक्ष्मीको भारतमा बलात्कारपछि घाँटी रेटेर हत्या

काठमाडौँ- डोटीकी एक महिलाको भारतमा हत्या भएको छ। जिल्लाको शिखर नगरपालिका सुर्काल घर भई हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो ।

उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन् । पति कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए ।

उनको अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना  अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको भनेर प्रहरीले बताइरहेको छ । प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्त नरेश बताउँछन् । मृतकको शव बुझेर अन्तिम संस्कार गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij