२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सरगम राईको ‘चाहना बढ्दै गो….’

सरगम राईको ‘चाहना बढ्दै गो….’

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’ सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा व्यक्त गरेका छन् । सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij