२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेका थिए ।

त्यस्तै बैठकले २०८०/८१ का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ । उनका अनुसार प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको छ । त्यस्तै, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij