२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

चेक गणतन्त्रको विश्वविद्यालयमा गोली चल्दा १४ जनाको मृत्यु, २४ घाइते

चेक गणतन्त्रको विश्वविद्यालयमा गोली चल्दा १४ जनाको मृत्यु, २४ घाइते

चेक गणराज्यको राजधानीस्थित चार्ल्स विश्वविद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ। सोही विश्वविद्यालयमा अध्ययनरत एक बन्दुकधारी विद्यार्थीले बिहीबार अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गरेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन्।

गोली प्रहारबाट २४ जना घाइते भएका छन्। मारिने र घाइते हुने अधिकांश विद्यार्थी हुन्। अधिकारीहरुका अनुसार गोली प्रहार गर्ने विद्यार्थीको उमेर २४ वर्ष छ। ती बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार गरी १४ जनाको हत्या गरेपछि आत्महत्या गरेको अधिकारीहरुले बताएका छन्।

चेक गणतन्त्रका राष्ट्रपति पेटर पावेलले विश्वविद्यालयमा भएको गोलीबारीबाट स्तब्ध भएको बताएका छन्। चार्ल्स विश्वविद्यालय चेकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो। यो विश्वविद्यालय युरोपकै पुराना संस्थाहरुमध्ये एक मानिन्छ। विश्वविद्यालय रहेको क्षेत्र विख्यात पर्यटकीय क्षेत्र पनि हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij