२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

‘बार्दलीबाट भाषण गर्नु गल्ती थियो, क्षमा चाहन्छु’

‘बार्दलीबाट भाषण गर्नु गल्ती थियो, क्षमा चाहन्छु’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पामा पार्टीको जिल्ला सम्मेलनमा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएकोमा क्षमा मागेका छन् ।

बुधबार सामाजिक संजालमार्फत महामन्त्री थापाले क्षमा मागेका हुन् । मंसिर ३० गते कांग्रेसले प्रथम पाल्पा सम्मेलन गर्दा तानसेन नगरपालिकाको मूल बोर्डमा पार्टीका झण्डा र व्यानर टाँगेर कार्यक्रम गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि महामन्त्री थापा थिए ।

सम्मेलनको लागि तल्लो तलाको हलमा मूल ब्यानर टाँगेर कार्यक्रम गरिए पनि प्रमुख अतिथी थापाको सम्बोधनको लागि भने नगरपालिकाको कार्यालयको माथिल्लो तलाको बार्दली नै प्रयोग गरिएको थियो । त्यसको आलोचना भएको थियो ।

उनले भनेका छन्, ‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु । सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो । त्यसका लागि नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij