२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

महाकाली अस्पतालमा थपिए विशेषज्ञ चिकित्सक

महाकाली अस्पतालमा थपिए विशेषज्ञ चिकित्सक

 

कञ्चनपुर ।  महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन् । अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित ६ जना थपिएपछि सेवाग्राही  लाभान्वित भएका हुन् ।

अस्पतालका प्रमुख अर्जुन भट्टका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ, जनरल सर्जन, एनेस्थेसिस्ट, एडिजिपी र दुईजना रेडियोग्राफर थपिएका हुन् । अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, स्त्री तथा प्रसूति रोग विशेषज्ञ एक, अर्थोपेडिक सर्जन दुई र नाककानघाँटी विशेषज्ञ एक गरी सातजना चिकित्सक कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij