२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने महासचिव भुसालले बताए । बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij