२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्री बालेन नयाँदिल्लीमा, उद्योग तथा वाणिज्य राज्यमन्त्रीले गरे स्वागत

प्रधानमन्त्री बालेन नयाँदिल्लीमा, उद्योग तथा वाणिज्य राज्यमन्त्रीले गरे स्वागत

Screenshot

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह दुई दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली पुगेका छन् । आइतबार अपरान्ह इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij