२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

पार्टीको निर्णयविपरीत दल त्याग गर्ने जसपा नेपालका १८ जनप्रतिनिधि पदमुक्त

पार्टीको निर्णयविपरीत दल त्याग गर्ने जसपा नेपालका १८ जनप्रतिनिधि पदमुक्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ ।

पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै जसपा नेपालको केन्द्रीय समन्वय समितिले गरेको निर्णयका आधारमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको निर्णय गरेको हो ।आयोगले बुधबार निर्णय गरी बिहीबार सूचना प्रकाशित गर्दै सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्यागसम्बन्धी जानकारी प्राप्त भएपछि आयोगले पद रिक्त भएको निर्णय गरेको जनाएको छ ।

पद गुमाउने जनप्रतिनिधिहरूमा सिराहाका ३, पर्साका २, खोटाङका ८, भोजपुरका १, उदयपुरका १, इलामका २ र सुनसरीका १ जना रहेका छन् ।

उनीहरूमध्ये उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य तथा नगरकार्यपालिका सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij