काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइ गर्न आज (जेठ ३० गते) का लागि पेसी तोकिएको छ।
दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित माओवादीका पूर्व बालसेना लेनिन विष्टले आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको हो।
यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो। तर सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दर्ताको आदेश दिँदै मंगलबार (आज) का लागि पेसी तोकिदिएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij