२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय समिति  गठन

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय समिति  गठन

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न चार  सदस्यीय वार्ता समिति गठन गरेको छ ।  शिक्षा मन्त्रालयले उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय उपसचिव मधुप्रसाद घिमिरे  प्रतिनिधि सदस्य रहेका छन् ।

इलाममा २५औँ आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

केसीले गेटामा पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर अनसन सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij