२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

हिरासतमा लिने क्रममा दीपकेले भने– हामी डराउँदैनौँ

हिरासतमा लिने क्रममा दीपकेले भने– हामी डराउँदैनौँ

नयाँदिल्ली । ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके, सहसंयोजक आशुतोष रांका र सौरव दासलाई प्रहरीले दिल्ली विमानस्थलमा उडानभित्रै हिरासतमा लिएको छ।

हिरासतमा लिने क्रममा अभिजित दीपकेले आफू गिरफ्तारीसँग नडराउने र त्यसका लागि तयार रहेको बताएका छन्।
दीपकेले भने, ‘तपाईंहरू देख्न सक्नुहुन्छ, देश कुन दिशातर्फ जाँदैछ। हामीलाई विमानभित्रै हिरासतमा लिइँदैछ। यस्तो त इन्दिरा गान्धीले समेत कहिल्यै गरेकी थिइनन्। यो तानाशाही हो, तर हामी उनीहरूसँग डराउँदैनौँ।’

हिरासतमा लिन आएका प्रहरीकर्मीसँग दीपकेले आफू नडराउने बताउँदै गिरफ्तारीका लागि तयार रहेको बताएका थिए।
अभिजित दीपके, सौरव दास र आशुतोष रांकालाई हिरासतमा लिन महिला प्रहरीहरू अगाडि आएका थिए। त्यसपछि दीपके र उनका साथीहरूले पुरुष प्रहरीकर्मीलाई पठाउन माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij