२०८३ भाद्र १० बुधबार

Aug 26 2026 Wednesday

२०८३ भाद्र १० बुधबार

सरकारलाई पूर्ण सहयोग गर्छौँ, उद्धारमा जुटौँ : गगन थापा

सरकारलाई पूर्ण सहयोग गर्छौँ, उद्धारमा जुटौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत थापाले बाढीका कारण रसुवाको अवस्था गम्भीर र चिन्ताजनक बनेको बताए । उनले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अपिल गरे ।

‘रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ,’ उनले भने, ‘यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु । सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु ।’

उनले विपद्को यस अवस्थामा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले विपद् व्यवस्थापनमा सरकारका प्रयासमा कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । थापाले पार्टीका सम्पूर्ण समिति तथा नेता–कार्यकर्तालाई उद्धार र राहतमा तत्काल परिचालन हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij