२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

पहिचान पक्षधरलाई भावनामा नबग्न ओलीको आग्रह

पहिचान पक्षधरलाई भावनामा नबग्न ओलीको आग्रह

ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार साम्प्रदायिकता भड्काउन लागिपरेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ अभियानका क्रममा मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार सामाजिक सद्भाव बिगार्न लागिपरेको आरोप लगाएका हुन् ।

उनले एमालेको अभियान रोक्न पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरू नै लागिपरेको आरोप लगाए । उनले पहिचान पक्षधरलाई भावनामा नबग्न आग्रह गरे ।

सद्भाव कायम गरेर राष्ट्रिय एकता कायम गरेरमात्र देश बनाउन सकिने उनले बताए । अध्यक्ष ओलीले संवैधानिक बाटो प्रयोग गरेर सबैखाले मतभेद समाधान गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij