२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सिन्धुलीय श्रेष्ठ समाजको स्थापना दिवस भव्यताका साथ सम्पन्न

सिन्धुलीय श्रेष्ठ समाजको स्थापना दिवस भव्यताका साथ सम्पन्न

काठमाडौं । सिन्धुलीय श्रेष्ठ समाजले आफ्नो २४ औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । स्थापना दिवसका अवसरमा रक्तदान तथा एसईईमा सफल विद्यार्थीलाई सम्मान गरिएको हो ।

गौशालास्थित होटल शिवममा आयोजित कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए । त्यस्तै एसईई परीक्षामा चार जिपिए हासिल गर्ने अनिशा श्रेष्ठलाई नगदसहित सम्मान गरियो भने अन्यसफल विद्यार्थीहरु पनि सम्मानित भए । कार्यक्रमकी प्रमुख अतिथि पूर्व मन्त्री शशी श्रेष्ठले समाजका सामाजिक कार्यहरुको प्रशंसा गर्दै आगामि दिनमा अझ सफलताको कामना गर्नुभयो ।

समाजका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव उज्ज्वल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । सहभागिलाई उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत गर्नुभयो । कार्यक्रममा अतिथिका रुपमा डा. रेवतीमान श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ, राज श्रेष्ठ, नेवाः सम्पर्क समिति रामेछापका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेवा दबुः सिन्धुली अध्यक्ष राजकुमार श्रेष्ठ, समाजका निवर्तमा अध्यक्ष राजनकुमार श्रेष्ठ लगायत अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रमका केही तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij