२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने ५ जना पक्राउ

राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने ५ जना पक्राउ

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीको दाह्रा चोेर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले जेनजी आन्दोलनको मौकामा भदौ २४ गते राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हात्तीको दाह्रा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ जनालाई पक्राउ गरेको एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

प्रहरीले उनीहरूबाट हात्तीका दाह्रा समेत बरामद गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको मनमैजु बस्ने राजिब महर्जन, गोरखाका टेकप्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोरखाकै सन्तबहादुर भुजेल छन्।

प्रहरीले गोप्य सूचना पाएपछि प्रहरी राजिब महर्जनको घरमा पुगेको हो। उनको घरको खाली जग्गामा दात्तीका दाह्रा गाडेर राखेको अवस्थामा फेला परेको हो। उनको कोठामा ट्रामाडोल औषधि १५० वटा क्याप्सुल फेला पारेको हो।

उनीमाथि सोधपुछ गरी प्रहरी पुरन बोहरालाई पक्राउ गरिएको थियो। उनले पनि दुई टुक्रा दाह्रा सन्तबहादुर भुजेलसँग भएको बताएका थिए।

उनले भने आनो कोठामा बोराभित्र बेरेर दुई वटा दाह्रा राखेका थिए। उनीहरूबाट बरामद भएको हात्तीका दाह्रा राष्ट्रपति कार्यालय शीतलनिवासबाट भदौ २४ गते लुटिएको स्रोतले बतायो।

प्रहरीले उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ।

जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij