२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका रिट कामु प्रधानन्यायाधीशको आदेशपछि पनि भएनन् दर्ता

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका रिट कामु प्रधानन्यायाधीशको आदेशपछि पनि भएनन् दर्ता

काठमाडौँ, २२ वैशाख : सर्वोच्च भवन सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशका बाबजुद सर्वोच्च  अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीशविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश मल्लले आज बिहान दरपीठ भएका रिट निवेदनहरूलाई तत्काल दर्ता प्रक्रियामा लैजान आदेश दिएकी थिइन् । उनले दिउँसो १ बजेसम्म रिट दर्ता गर्न र भोलिका लागि पेसी तोक्न आदेश दिएकी थिइन् । तर, उनको आदेशपछि पनि सर्वोच्च प्रशासनले सोमबार कार्यालय समयभित्र रिट निवेदन दर्ता गरेको छैन ।

यसअघि दरपीठविरुद्ध फेरि निवेदन दिँदा पनि प्रशासनले फाइल अगाडि नबढाइ अल्झाएर राखेको थियो । संवैधानिक परिषद्ले वरीयता मिचेर न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वरीयतामा कामु प्रधानन्यायाधीश मल्ल एक नम्बरमा थिइन् ।

शर्माको सिफारिसपछि संसदीय सुनुवाइ प्रक्रिया शुरू भइसकेको छ । वरीयता मिचिएको विषयमा असन्तुष्ट न्यायाधीशहरूले रिट निवेदनमा केही अस्वभाविक आदेश गर्नसक्ने भन्दै दर्ता नगरेको हुनसक्ने अमनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij