२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

बागमती। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा  ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य स्रोत मानिन्छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर शीर्षकसहित बाँडफाँटबाट आर्थिक वर्ष २०८२-८३ को साउनदेखि वैशाख महिनासम्ममा  २० अर्ब एक करोड तीन लाख ८९ हजार राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत दश महिनाको अवधिमा सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको छ । यस्तै, चालु आव २०८२-८३ सो अवधिमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट रु तीन अर्ब २४ करोड ५२ लाख ४१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको अधिकृत सञ्ज्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij