२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भारतमा सवारी दुर्घटना : एकै परिवारका चार नेपालीको मृत्यु

भारतमा सवारी दुर्घटना : एकै परिवारका चार नेपालीको मृत्यु

काठमाडौँ- भारतमा सवारी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ। कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासानजिकै पर्ने खटिमा चकरपुरमा सडक दुर्घटनामा परेर एकै परिवारका चार जना नेपालीको मृत्यु भएको छ।

शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो।

खटिमाको मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारी नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो।

उनीहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ गरेर फर्किरहेका थिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij