२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजा ७४५ रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij