२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला

ब्रासिलिया। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बन्द कोठामा भएको भेटवार्तापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकाले तत्काल क्युबामाथि आक्रमण गर्ने कुनै योजना नभएको आफूले बुझेको दाबी गरेका छन्।

ह्वाइट हाउसमा दुई नेताबीच भएको भेटवार्तापछि यो कुरा सार्वजनिक भएको हो। यसअघि राष्ट्रपति ट्रम्पले क्युबामा आक्रमण गर्ने भनी कैयौँ पटक चेतावनी दिँदै आएका थिए।

लुलाले वासिङ्टनस्थित ब्राजिलियाली दूतावासमा पत्रकार सम्मेलनमा आफूले अमेरिकी समकक्षीसँग बन्द कोठामा करिब साढे दुई घण्टा कुराकानी गरेको र वार्ता खासगरी क्युबा र प्रमुख क्षेत्रीय सुरक्षा मुद्दाहरूमा केन्द्रित गरिएको भएको बताएका थिए।

लुलाले आफूले प्राप्त गरेको अनुवादअनुसार ट्रम्पले क्युबाविरुद्ध सैन्य कारबाही नचाहेको स्पष्ट पारेको बताएका थिए । उनले क्युबाले वार्ता गरेर समस्या समाधान गर्न चाहेको उनले बताए ।

उनले बताए ‘क्युबाले वार्ता गर्न चाहन्छ । क्युबा वर्षौंदेखि आर्थिक प्रतिबन्धका कारण समस्यामा छ र प्रतिबन्धले क्युबाको विकासमा बाधा पुगेको र यसलाई पूर्ण रूपमा स्वतन्त्र देश बन्नबाट रोकेको छ।’

अमेरिकाले क्युबामाथि प्रतिबन्ध कडा पारेको छ र अझै पनि क्युबाप्रति अमेरिकी नीति कडा छ ।

अमेरिकाले हालै क्युबामाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युवाली कम्पनी गाइसाविरुद्ध कारबाही जारी गरिएको बताउनुभएको छ । प्रतिबन्धका कारण मोआ निकेल नामक खानि कम्पनी पनि प्रभावित भएको छ ।

यो कम्पनी क्युवाली र क्यानडेली कम्पनी शेरिटको साझेदारीमा सञ्चालन भएको छ। यी प्रतिबन्धपछि शेरिट कम्पनीले क्युबामा आफ्नो सेवा बन्द गरेको छ। अमेरिकाले क्युवाली सरकारलाई दबाब दिनका लागि यो कदम चालिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij