२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

अप्रिल महिनामा नेपालमा एक लाख ७ हजार पर्यटक भित्रिए

अप्रिल महिनामा नेपालमा एक लाख ७ हजार पर्यटक भित्रिए

काठमाडौं । गत अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । सोमबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् । सार्क मुलुकबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो ।

त्यस्तै, दक्षिण एसियाली मुलुकबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन्। युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट एक हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।

सबैभन्दा बढी भारतबाट १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन्। सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij