२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नयाँ भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको छ, त्यो गलत होः सभापति थापा

नयाँ भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको छ, त्यो गलत होः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुरानो हुनु भनेको खराब र थोत्रो हो भन्ने भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन् ।

शनिबार काठमाडौंमा ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले पुरानो चाहिँ थोत्रो र जे नयाँ छ त्यो चाहिँ असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको बताएका हुन् ।

उनले भने,‘नयाँ भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको छ । समाजमा कुनै पनि कुरा जेठो हुनु भनेको अथवा पुरानो हुनु भनेको खराब हो भन्ने छ । पुरानो चाहिं थोत्रो र जे नयाँ छ त्यो असल भन्ने भाष्य हेर्दा सरल लाग्छ तर खतरनाक छ । यसले पुरानोसँग भएको अनुभव हराउँछ । किनकी सिंगो समाजले नै त्यो भाष्य ग्रहण गर्न थाल्यो भने परम्परा वा इतिहासमा अप्ठ्यारो ल्याउँछ ।’

त्यस्तै उनले अहिले बाहिरबाट हेर्दा नेपाली कांग्रेस पार्टीको सारा समय नै भित्रको झगडा मिलाउने कुरामा खर्च भएको जस्तो देखिएको बताए । तर कांग्रेसको प्राथमिकता भनेको राष्ट्रप्रति जिम्मेवारी हुनुपर्ने अवस्था आएको बताए ।

सभापति थापाले सरकारको जति जिम्मेवारी हुन्छ त्यति नै प्रतिपक्षको पनि हुने भन्दै प्रतिपक्ष अलिकति चुक्यो भने लोकतन्त्रलाई खतरा हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij