२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सरकारले संख्याको बलमा जबरजस्ती गर्नखोजे प्रतिवाद हुन्छः महामन्त्री पौडेल

सरकारले संख्याको बलमा जबरजस्ती गर्नखोजे प्रतिवाद हुन्छः महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार–हतार गरिएको टिप्पणी गरेका छन् ।

पर्याप्त सूचना र समय नदिई डोजर लगाउँदा मानवीयता र व्यवहारिकता नभएको उनको भनाइ थियो। महामन्त्री पौडेलले सुकुम्वासी बस्तीमा सुकुम्वासी नै थिएनन्, हुकुम्वासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर पुनस्र्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिए ।

पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसका सांसदहरूको जिम्मेवारी अहिले अझ धेरै रहेको स्मरण गराए ।

उनले भने, ‘झण्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ। त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ। त्यसका लागि म सन्दीपजीलाई सक्रिय, अनुकरणीय र देखिने भूमिकाका लागि शुभकामना व्यक्त गर्दछु।’

उनले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु पर्ने राज्यको आधारभूत मर्मभित्रको विषय भएकाले एकपक्षीय हुनेगरी पुनर्संरचना गर्नु गलत भएको तर्क गरे । लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका आधारभूत मर्मलाई खलबल्याउन नपाइनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij