२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सुन तोलामा १८ सयले घट्यो

सुन तोलामा १८ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० रुपैयाँ कायम भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij