२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

देशभरका सरकारी कार्यालयलाई विद्युतीय हाजिरी अनिवार्य गर्न मन्त्रालयको परिपत्र

देशभरका सरकारी कार्यालयलाई विद्युतीय हाजिरी अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौँ । सरकारले देशभरका सरकारी कार्यालयलाई कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको हो । पत्रमा भनिएको छ, ‘कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ।’

अहिलेसम्म विद्युतीय हाजिरी प्रणाली नभए अनिवार्य रुपमा व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । कर्मचारीको आएको र गएको विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

यससँगै कर्मचारीको हाजिरी विवरण हरेक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गर्न भनिएको छ। यसरी प्रमाणित गरिएको हाजिरीको अभिलेख राख्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij