२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एनसेलले शेयर बिक्रीबारे प्राधिकरणलाई पठायो पत्र

एनसेलले शेयर बिक्रीबारे प्राधिकरणलाई पठायो पत्र

काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धनमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको छ । आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।

त्यसपछि प्राधिकरणले यसबारे एनसेललाई पत्र लेखेको थियो । एनसेलले त्यसको जवाफ प्राधिकणलाई पठाएको हो । जवाफमा एनसेलले भनेको छ, ‘एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध भएको सबैमा अवगतै छ। त्यहाँको पत्रमा उल्लिखित नियम र विनियमावलीका प्रावधानका पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजियटा लिमिटेड प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त मितिको सेयर खरिद विनियमावली २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजात संकलन गरी दूरसञ्चार नियमावली २०५४ को नियम १५ १ ट र दूरसञ्चार प्राधिकरणअनुरुप पत्र प्राप्त व्यक्तिको सेयर खरिद विनियमावली २०७६ को विनियम ४ क बमोजिम तहाँ प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा समेत सादर अवगत गराउन चाहन्छौँ।’

गत शुक्रबार शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री सम्झौतामा भएको बाहिरिएको थियो । डेढ खर्बको शेयर ६ अर्बमा बिक्री गरेपछि सरकारले यसबारे छानबिन समिति बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij