२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा

इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा

काठमाडौँ । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएका जानकारी दिएका छन् ।

उनी एउटा पानीजहाजमा क्याप्टेनका रूपमा कार्यरत थिए । मन्त्री खनालले बुधवार अपरान्ह उनी रिहा भएका र इरानस्थित नेपाली महावाणिज्यदूतावास र कतारस्थित नेपाली राजदूतावास झासँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij