२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण बढेको स्पष्ट सन्देश दिएको छः राष्ट्रपति पौडेल

निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण बढेको स्पष्ट सन्देश दिएको छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले फागुन २१ गते तोकिएकै समयमा निर्वाचन भएको र निष्पक्षरूपमा निर्वाचन भएको बताए ।

उनले अन्तरिम सरकारको कार्यभार चुनाव गराउनमात्र रहेको भन्दै सुशासनका निम्ति गरेका कामप्रति सुशीला कार्की नेतृत्वको सरकारप्रति आभार व्यक्त गरे ।

उनले कार्की नेतृत्वको अन्तरिम सरकारले मुलुकलाई लयमा फर्काएको बताए । उनले निर्वाचनबाट होनाहार युवासहितको जनप्रतिनिधि निर्वाचित भएर नयाँ सरकार गठन भई काम शुरु गरिसकेको समेत बताए ।

उनले निर्वाचनले संघीय गणतन्त्रका आधारस्तम्भ संस्थागत भएको भन्दै अब त्यसका आधारमा जनकल्याणकारी कार्य गर्नुपर्ने बताए । त्यसका लागि संसद्ले जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij