२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

म न्यायमा विश्वास गर्छुः रमेश लेखक

म न्यायमा विश्वास गर्छुः रमेश लेखक

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएपनि कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन् । बिहीबार हिरासतमुक्त भएका लेखकले शुक्रबार सामाजिक संजालमार्फत आफ्नो रिहाईका लागि अवाज उठाउने सबैलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु । मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाईमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाईँ जारी रहनेछ।’

जेनजी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij