२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

प्रथम दृष्टिमै एनसेलको शेयर बिक्रीमा अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छः महामन्त्री थापा

प्रथम दृष्टिमै एनसेलको शेयर बिक्रीमा अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छः महामन्त्री थापा

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रक्रियामा अर्बौ रूपैयाँ घोटाला भएको हुनसक्ने बताएका छन् ।

मंगलबार ओखलढुंगामा भएको पार्टीको जिल्ला सम्मेलनमा महामन्त्री थापाले सरकारमा सहभागी सरकारले यो प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ । प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ । कांग्रेस संलग्न भएको सरकारले जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको होस्, उसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ ।’

उनले अब अर्थ मन्त्रालयको खाता पल्टाएर मात्र बस्ने अवस्था नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij