२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एनसेलको सेयर बिक्रीमा विधि र प्रक्रिया पालना भए नभएको बुझ्न प्रधानन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीमा विधि र प्रक्रिया पालना भए नभएको बुझ्न प्रधानन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीकाबारेमा चासो राखेका छन् । उनले शेयर बिक्रीका सम्बन्धमा कानुनी प्रावधान पालना भए नभएकोबारे प्रधानमन्त्रीले चासो राखेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले  यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका छन् ।

सचिालयले भनेको छ, ‘एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गम्भीर चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij