२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

१९ अंकले बढ्यो नेप्से

१९ अंकले बढ्यो नेप्से

काठमाडौँ । दुई दिन लगातार उच्च अंकले घटेको शेयर बजार नेप्से साताको तेस्रो दिन मंगलबार भने बढेको छ । मंगलबार नेप्से १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा अडिएको छ ।

आज ३३९ वटा कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँमा किनबेच भएको छ ।

आज ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढ्यो । कारोबारमा आएकामध्ये १९५ कम्पनीको मूल्य बढ्दा ६३ वटाको घट्यो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij