२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

सरकारको कार्ययोजनाले निजी क्षेत्रका सुरक्षादेखि परियोजना कार्यान्वयनसम्म समस्या समाधान हुन्छः अध्यक्ष ढकाल

सरकारको कार्ययोजनाले निजी क्षेत्रका सुरक्षादेखि परियोजना कार्यान्वयनसम्म समस्या समाधान हुन्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ढकालले हालैको मन्त्रिपरिषद् बैठकले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ सम्बन्धी निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले निजी क्षेत्रका सुरक्षादेखि परियोजना कार्यान्वयनसम्म देखिएका समस्याहरू समाधान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
साना समस्याका कारण वर्षौंदेखि रोकिएका आयोजनाहरूका लागि समेत यो योजना प्रभावकारी हुने उनले बताए ।

उनले भने, ‘सरकारको पहिलो क्याविनेटबाट ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ भनेर बैठकले निर्णय गरेको छ । त्यसले हाम्रा हरेक समस्याहरुको समाधान गर्छजस्तो लाग्छ । चाहे सुरक्षाको कुरा होस् वा प्रोजेक्टहरु होस् । जुन सानो समस्याले वर्षौदेखि रोकिएको छ । तर दोष चाहिँ निर्माण व्यवसायीहरुले लिनुपरेको छ ।यो निजी क्षेत्रको लागि ठूलो उपलव्धि हो ।’

उनले २०४६ सालपछि भएका विभिन्न आन्दोलनहरूमा निजी क्षेत्रका व्यवसायी, प्रतिष्ठान तथा व्यक्तिहरू नै लक्षित हुने गरेको अनुभव सुनाए । यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारबाट स्पष्ट सन्देश आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij