बेरुत । हेजबुल्लाहसँग युद्ध सुरु भएको दिन मार्च २ देखि इजरायलले गरेको आक्रमणबाट ४६ सहायताकर्मी र पाँच स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले बताएका छन् ।
नासेरेद्दीनले पत्रकार सम्मेलनमा भने, ‘युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये नौ जनाले शनिबार शाहादत प्राप्त गरेका हुन् ।’
दक्षिण लेबनानमा शनिबार मारिएका नौ चिकित्सकमा हेजबुल्लाहको इस्लामिक स्वास्थ्य समितिका चार जना रहेका छन् जसलाई उद्धार अभियानका क्रममा इजरायली आक्रमणको निशाना बनाइएको थियो र पाँच जना हेजबुल्लाह–सहयोगी अमाल आन्दोलनका ‘रिसाला स्काउट्स’को सेवामा रहेका समय मारिएका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij