२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

सातौं दक्षिण एसियाली करातेमा २९ स्वर्णसहित नेपाल पहिलो

सातौं दक्षिण एसियाली करातेमा २९ स्वर्णसहित नेपाल पहिलो

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कांस्यपदक पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यसाथ दोश्रो भयो ।
नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्यो ।

त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij