२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इरानमा सैन्य कारबाही रोक्नेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

इरानमा सैन्य कारबाही रोक्नेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा अमेरिकाले आफ्नो सैन्य कारबाही अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले अमेरिका आफ्नो उद्देश्य पूरा गर्नेतर्फ निकै नजिक पुगेको बताए। तर त्यसअघि पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले ‘युद्धविराम नचाहेको’ बताएका थिए। ‘तपाईंले अर्को पक्षलाई वास्तवमै मेटाइरहँदा युद्धविराम गर्नुहुन्न,’ ट्रम्पले भने।

बीबीसीको अमेरिकी साझेदार सीबीएसले अमेरिकी सैन्य अधिकारीहरूले इरानमा स्थल सेना खटाउने सम्भावनाको लागि विस्तृत तयारी गरिरहेका भन्ने विवरण सार्वजनिक गरिरहँदा ट्रम्पका यी मिश्रित सन्देशहरू आएका छन्।

कैयौँ स्रोतहरूसँग कुरा गरेको सीबीएसले उक्त योजनाका क्रममा इरानी सैनिकहरू पक्राउ परेमा अमेरिकाले उनीहरूलाई हिरासतमा राख्ने कुरा कसरी सम्हाल्ने छ भन्ने बारेमा छलफलहरू समेत भएका छन्।

अमेरिकी सैन्य अधिकारीहरूले इरानमा स्थल सेना तैनाथ गर्ने सम्भावनाको लागि विस्तृत तयारी गरिरहेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले उक्त छलफलको बारेमा जानकार कैयौँ नाम नखुलाइएका स्रोतहरूलाई उदृत गर्दै समाचार प्रकाशन गरेको छ।

सीबीएसको उक्त खबरमा पेन्टागनका वरिष्ठ अधिकारीहरूले यस्तो कदम चाल्ने योजना बनाउन विशेष अनुरोध गरिरहेको जनाइएको छ। शुक्रबार राष्ट्रपति ट्रम्पले इरानविरुद्धको आफ्नो कारबाही “बन्द“ गर्नेबारे विचार गरिरहेको बताइरहँदा उक्त खबर आएको हो।

ट्रम्पले त्यसअघि पत्रकारहरूसँग बोल्ने क्रममा उनी ‘कहीँ पनि’ स्थल सेना पठाउने योजनामा नरहेको जनाएका थिए। रक्षा मन्त्रालयले शुक्रबार आएका सेना खटाउने बारेका खबरमा टिप्पणीको लागि गरिएको बीबीसीको अनुरोधको जबाफ दिएको छैन।

मध्य पूर्वमा वाशिङ्गटनको सैन्य कारबाहीको जिम्मेवारीमा रहेको यूएस सेन्ट्रल कमान्डले सम्भावित सैन्य तैनाथीका बारेमा आकलन गर्न अस्वीकार गर्यो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij