२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पार्टीलाई मिलाएर लैजान तयार छुः सभापति देउवा

पार्टीलाई मिलाएर लैजान तयार छुः सभापति देउवा

बुटवल । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशबाट पार्टी बलियो बनाउने उद्घोष गरेका छन् । शनिबार पार्टीको लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले आफू भाषण गर्न नजान्ने भन्दै काम गरेर देखाउने बताए । उनले भने, ‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ ।’

उनले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । कार्यक्रममा केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले टिकट वितरणमा गुटबन्दी भएको बताएकोमा कटाक्ष गर्दै देउवाले भाषणभन्दा काम गर्न आग्रह गरेका हुन् ।

भण्डारीले नेतृत्वमा बस्नेहरूकै कारण देश बर्बादीतिर गएको आरोप लगाएका थिए । पाँच पटकसम्म प्रधानमन्त्री र पटक–पटक पार्टी सभापति भएका देउवालाई पार्टीका नेताहरूले कांग्रेसमा भएको गुटगत राजनीतिले पार्टी कमजोर बन्दै गएको बताएका थिए।

महामन्त्री गगनकुमार थापाले पनि हालका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले आइन्दा प्रधानमन्त्री हुँदिनँ भनेर घोषणा गर्न आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij